सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च : सुन तोलाको दुई लाख २३ हजार नाघ्यो

न्भेष्टाेपेपर । आश्विन १२, २०८२

काठमाडौँ ।  सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुनको भाउ तोलाको दुई लाख २३ हजार नाघेको छ । विगत केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको छ । गत शुक्रबारको तुलनामा आज बजार खुल्दा सुनको मोल तोलामा रु. ७०० र त्यति नै तौलको चाँदी रु. ७० ले बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख २३ हजार २०० तथा त्यति नै परिमाणको चाँदीको मूल्य रु. दुई हजार ८१० निर्धारण भएको छ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज प्रति औँस सुन तीन हजार ७५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *