आज विश्व मुटु दिवस नेपालमा पनि मनाइँदै

न्भेष्टाेपेपर । आश्विन १३, २०८२

काठमाण्डौ । दशैँका बेला हुने अत्यधिक खानपान र शारिरिक सक्रियतामा कमीले मुटुमा असर गर्नसक्ने विज्ञहरुले बताएका छन् । मुटुलाई जोगाउन खानपानमा ध्यान दिनुसँगै शरिरलाई चलायमान् बनाइरहनुपर्ने वरिष्ठ मुटुरोग बिशेषज्ञ डा. प्रकाशराज रेग्मीले बताउनुभयो ।

अस्वस्थकर खानपिन र जिवनशैलीले अल्पायुमै ज्यान जाने क्रम बढेको प्रति सचेत हुनुपर्ने उहाँको भनाइ छ । दशैँको बिदामा सकेसम्म लामो यात्रामा हिँड्ने, पिङ खेल्ने, ट्रेकिङमा जाने, योग गर्ने, नाच्ने लगायतका शारिरिक परिश्रम गर्न उहाँले अनुरोध गर्नुभयो । नेपालमा वर्षेनी ३० हजार जनाको मुटुरोगका कारण ज्यान गइरहेको तथ्यांक छ । 

ज्यान गुमाउने मध्ये एक तिहाइ युवा अवस्थाका छन् । विश्वमा  बर्षेनी दुई करोड मानिसको मुटु रोगका कारण ज्यान जाने गरेको छ । लामो समयसम्म कुर्सीमा बसिरहने, मोवाइलमा समय बिताउने र निष्क्रिय बस्ने भएकाले युवापुस्ताको मुटु रोगका कारण ज्यान गइरहेको डाक्टर रेग्मीले बताउनुभयो ।

यसैबीच आज विश्व मुटु दिवस मनाइँदैछ । हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाउने गरिन्छ । नेपालले पनि सन् २००० देखि विश्व मुटु दिवस मनाउँदै आइरहेको छ । यो वर्षको नारा मुटुलाई धड्किन दिऊ भन्ने रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *