सुनको भाउमा क्रमिक गिरावट, आज पनि घट्यो

न्भेष्टाेपेपर । कात्तिक ११, २०८२

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ ।

गत आइतबार एकैदिन प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेर २ लाख ४१ हजार ९ सय कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा २ हजार घटेर २ लाख ३९ हजार ९०० मा किनबेच भएको थियो ।

आज फेरि प्रतितोला २ हजार ९ सय घटेपछि २ लाख ३७ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज चाँदी प्रतितोला ६० रुपैयाँ घटेर २ हजार ९ सय २० मा किनबेच हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ९ सय ७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *