प्रदेश सरकारको पुरस्कारः साफ फुटबलमा उपविजयी नेपाली महिला खेलाडीले पाउने भए जनही १ लाख
गत फागुन २८ गते देखि विराटनगरको शहीद रंगशालामा नेपालमा पहिलो पटक पाँचौ महिला साफ फुटबल प्रतियोगिता आयोजना भएको थियाे । सो प्रतियोगिताअन्तर्गत नेपाल र भारत फाइनलमा पुगेका थिए ।
नेपाल समूहले बिजयी प्राप्त गरेमा प्रदेश १ सरकारले जनही दुई लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियाे । मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल समूह उपविजेता भएमा खेलाडीको हौसला बढाउन जनही एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको थियाे ।
साे प्रतियाेगितामा भारत ३-१ काे गाेल अन्तरले विजयी भएकाे हुंदा नेपालले दाेश्राे स्थानमै चित्त बुझाउनु पर्याे । अव नेपाली महिला फुटवल खेलाडीहरूले जनही १ लाखकाे पुरस्कार प्राप्त गर्नेछन ।

