नेपाल पराजितः भारतलार्इ साफ वुमेन्स च्याम्पियनसिपको उपाधि

नेपाल र भारत खेलको पहिलो हाफमा १-१ बराबरीमा थिए। तर, दोस्रो हाफमा भारत २ गोल थप्दै अगाडि आएको हो। भारतका तर्फबाट ग्रेस डाङमी, डालिमा चिबर, अञ्जु तामाङले गोल गरेका थिए भने नेपालका तर्फबाट सावित्रा भण्डारीले गोल गरिन्।

भारत पाँचौ‌ं पटक साफ वुमेन्स च्याम्पियनसिप बनेको छ । विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको फाइनल खेलमा नेपाललाई ३-१ गोल अन्तरले हराउँदै भारतले उपाधि उचालेको हो ।

दिउँसो ३ बजेदेखि सुरु भएको खेलको २६ औं मिनेटमा भारतका लागि डालिमा चिबरले फ्रि किकमार्फत् गोल गरेकी थिइन् ।नेपालका तर्फबाट खेलको ३३ औं मिनेटमा सावित्रा भण्डारीले १ गोल फर्काइन्। पहिलो हाफमा नेपाल र भारतले बराबरी खेलेका थिए।

तर, दोस्रो हाफमा ग्रेस डाङमीले ६३ औं र अञ्जु तामाङले ७८ मिनेटमा गोल गरेपछि भारत विजयी बन्न सफल भएको हो।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *