एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त

न्भेष्टाेपेपर ।  वैशाख १२, २०८२

काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यभार गोविन्द घिमिरेले औपचारिक रूपमा सम्हाल्नु भएको छ । तीन दशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गर्नु भएका घिमिरे विगत १६ बर्ष देखि यस एनएमबि बैंकसँग आबद्ध हुनुहुन्छ ।

बैंकको विभिन्न विभाग तथा शाखाहरु समेतको नेतृत्व गर्नु भई कार्य अनुभव हासिल गर्नु भएका गोविन्द घिमिरे यस अघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । उहाँले बैंकको सेवा विस्तार र सुधारमा महत्वपूर्ण योगदान दिई आउनु भएको छ । 

गोविन्द घिमिरेले प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै भन्नुभयाे, “मेरो प्राथमिकता नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवामा केन्द्रित हुनेछ, जसले बैंकलाई अझ प्रभावशाली र अर्थपूर्ण बनाउनेछ । डिजिटल प्रविधि र नयाँ सोचको समावेशसँगै हामी ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौं ।”

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *