सुनको मूल्यमा भारी वृद्धी, एकैदिन दुई हजार छ सयले बढ्यो

न्भेष्टाेपेपर । चैत्र ८, २०८०

काठमाडौँ ।   स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रति तोला रु. दुई हजार ६ सयका दरले वृद्धि भएको छ । बुधबार प्रति तोला सुन रु. एक लाख २५ हजार दुई सयमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रति तोला रु. एक लाख २७ हजार आठ सय तोकिएको छ ।

 यस्तै तेजाबी सुन बुधबार प्रति तोला रु. एक लाख २४ हजार ६ सयमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य रु. एक लाख २७ हजार दुई सय निर्धारण गरिएको छ ।

त्यस्तै चाँदीको मूल्य प्रति तोलामा रु. ३५ ले वृद्धि भएको छ । बुधबार प्रति तोला रु. एक हजार पाँच सय २० मा कारोबार भएको चाँदीको मूल्य आज रु. एक हजार पाँच सय ५५ निर्धारण गरिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *