सर्वसाधारणका लागि खप्तड लघुवित्तको आईपीओ निष्कासन

इन्भेष्टाेपेपर ।  भाद्र ८, २०७९

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (बुधवार) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेकाे छ  । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कुल कित्तामध्ये २ हजार कित्ता कर्मचारीहरूका लागि र ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ भने बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा माग मबोजिम आवेदन नपरेमा भदौ २२ गतेसम्म आवेदन दिने समय थप हुनेछ ।  

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. २ करोड ६८ लाख रहेको छ । आईपीओ बाँडफाँट पश्चात् पूँजी रू. ४ करोड पुग्नेछ ।

आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।  आवेदकले मेरो शेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *