विशिष्ट व्यक्तिकाे उपचार अब स्वदेशमै, स्वेच्छाले राज्यको खर्चमा विदेश गएर उपचार गर्न नपाउने

न्भेष्टाेपेपर । साउन १०, २०८०

काठमाडौँ ।  अबदेखि विशिष्ट तथा अतिविशिष्ट पदाधिकारीले स्वैच्छिक रूपमा राज्यको खर्चमा विदेश गएर उपचार गर्न नपाउने भएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको उपचारका लागि ‘विशिष्ट तथा अतिविशिष्ट उपचार विशेषज्ञ समिति’ गठन गरेको छ । विशिष्ट तथा अतिविशिष्ट पदाधिकारीले नेपालमा उपचार सम्भव नभएमा मात्र विदेशमा उपचार गर्न पाउने र त्यसका लागि विशेषज्ञ समितिको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।

मन्त्रालयले विशिष्ट तथा अतिविशिष्ट पदाधिकारीका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा समिति गठन गरेको छ । समितिको सदस्यमा डा. भगवान कोइराला, डा. सन्दुक रुइत, डा. शशी शर्मा, डा. पुकारचन्द्र श्रेष्ठ, डा. भोला रिजाल, डा. रत्नमणि गजुरेल, डा. किरण श्रेष्ठ, डा. ध्रुव गैरे, डा. रविराम श्रेष्ठ, डा. शैली प्रधान, डा. महेश अधिकारी, डा. सुभाष आचार्य, डा. मनबहादुर केसी र डा. रमेश चोखानी हुनुहुन्छ । 

“विशिष्ट तथा अतिविशिष्ट उपचार विशेषज्ञ समितिको कार्यविधि तयार भइरहेको छ । नेपालमा हुने उपचारका लागि विशिष्ट तथा अतिविशिष्ट पदाधिकारी विदेश जान पाइने छैन,” समितिका संयोजक डा. बस्नेतले भन्नुभयो । 

उहाँले नेपालमा हुने उपचारका लागि विशिष्ट तथा अतिविशिष्ट पदाधिकारीका लागि वीर अस्पतालमा छुट्टै क्याबिनको व्यवस्था गरिएको जानकारी दिनुभयो । नवनिर्मित विशिष्ट उपचार कक्षमा आवश्यक उपकरणसहित अतिथि सत्कार कक्ष, आगन्तुक प्रतीक्षालय, भान्साकोठासमेतको सुविधा रहेको छ । यसअघि पनि वीर अस्पतालको पुरानो भवनमा विशिष्ट तथा अतिविशिष्टका लागि दुई वटा शøया छुट्याइएको थियो । मङ्गलबारबाट सञ्चालनमा ल्याइएको भवनमा तीन शय्या थप गरेर कुल पाँच शय्या पु-याइएको छ । 

वीर अस्पतालमा सञ्चालनमा आएको विशिष्ट तथा अतिविशिष्ट कक्षको मङ्गलबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अवलोकन गर्नुभयो । उहाँले विशिष्ट र अतिविशिष्ट पदाधिकारीको जुनसुकै उपचार नेपालमा गर्न सकिने बताउनुभयो । उहाँले सरकारी खर्चमा विदेशमा गएर उपचार गर्ने प्रचलन रोक्नका लागि वीरमा सञ्चालनमा ल्याइएको कक्ष प्रभावकारी हुने बताउनुभयो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *