इन्फिनिटी लघुवित्तको आठौं वार्षिकोत्सव सम्पन्न

न्भेष्टाेपेपर । माघ ८, २०८१

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले सोमवार आफ्नो आठौं वार्षिक स्थापना दिवस मनाएको छ । संस्थाले २०७३ माघ ७ गतेदेखि कारोबार शुरू गरेको थियो ।

देशभर लघुवित्त सेवा विस्तार गर्ने योजना अनुसार संस्थाका कार्यक्रमलाई विस्तार गर्न, लघुवित्त वित्तीय संस्थामा दोहोरोपनामा कमी ल्याउन, संस्थालाई थप सक्षम तथा दिगो बनाउन नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी सातै प्रदेशका ४८ जिल्लामा कार्यक्रम सञ्चालनमा ल्याइएको छ । संस्थाको चुक्ता पूँजी रू.४९ करोड ७४ लाख १५ हजार ९४२ रहेको छ ।

आठौं वार्षिक उत्सवको अवसरमा मानवसेवा आश्रम शाखा भरतपुर, चितवनलाई सहयोग वितरण गर्नुका साथै संस्थाले हालसम्म विपन्न वर्गका सदस्यलाई सहज रूपमा लघुवित्त सेवा उपलब्ध गराउँदै आएको बताइएको छ ।

हालसम्म संस्थाले १ लाख ५ हजार ७० सदस्यलाई सेवा दिई विभिन्न उद्देश्यमा ३५ हजार ६३४ जना ग्राहकमा रू. ५ अर्ब ६५ करोड कर्जा प्रवाहका साथसाथै संस्थामा संलग्न ग्राहक सदस्यहरूको बचत रकम रू. १ अर्ब ३३ करोड रहेको बताइएको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *