राष्ट्रिय बीमा संस्थानको कर्णाली प्रदेसमा पहिलो पटक बीमा अभिकर्ता तालिम सम्पन
Investopaper, मंसिर ०८, २०७६
राष्ट्रिय बीमा संस्थान सुर्खेत शाखाकाे आयाेजनामा कर्णाली प्रदेसमा पहिलो पटक तीन दिने बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ। उक्त कार्यक्रममा मङ्सिर ५ गते देखि ७ गतेसम्म भएको थियो । उक्त तालिममा ३३ जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा बीमा र यस्को महत्व, सिद्धान्त र प्रकारहरु बीमा एैन नियामावलि तथा बिनियामावलीहरु, बीमा संस्थानमा प्रचलित बीमालेखहरु, बीमा बजारिकरण र अभिकर्ता ब्यबसाय वृद्धिका तरिकाहरुका बारेमा प्रसिक्षण दिइएको थियो।
कार्यक्रममा संस्थानका प्रशाशक कवि प्रसाद पाठकले संस्थानको भाबी कार्यदिसा यस क्षेत्रको बिस्तारमा बीमा अभिकर्ताले निर्बाह गर्नु पर्ने भुमिकाको बारेमा सहभागिहरुलाइ प्रसिक्षित गराउनु भएकाे थियाे । साथै, संस्थानका सुर्खेत शाखा प्रमुख रमेस उपाध्यायले बीमाको ईतिहास र राष्ट्रिय बीमा संस्थानको परिचय तथा काम कर्तब्य बारे प्रसिक्षित गराइएको संस्थानकाे सुर्खेत शाखाले जनाएको छ।
