गीतकार अधिकारीको ‘या लिएर आऊ’ सार्वजनिक (भिडियाेसहित)

इन्भेष्टाेपेपर ।  असार ३१, २०८३

काठमाडौँ ।  राष्ट्रिय पुरस्कारबाट सम्मानित साहित्यकार, लेखक तथा गीतकार डा. रुद्रनाथ अधिकारीको नयाँ गीत ‘या लिएर आऊ’ सार्वजनिक भएको छ । डा. अधिकारीकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा चर्चित गायक निशान भट्टराईको स्वर रहेको छ ।

राजदरबारको कथावस्तुमा आधारित यस गीतले प्रेम, विरह, समर्पण, त्याग तथा मानवीय संवेदनालाई साहित्यिक गहिराइका साथ प्रस्तुत गरेको छ । प्रभावशाली शब्द, भावपूर्ण प्रस्तुति र जीवन्त अभिनयले गीतको भिडियोलाई थप आकर्षक बनाएको छ । गीतमा डा. अधिकारीको शब्द रचना तथा एआर रिमेश थापाको सङ्गीत रहेको छ ।

विक्रम बुढाथोकी, दिनेश विष्ट, बिना राउत र सङ्गीता शाहीको अभिनय रहेको उक्त भिडियो फिल्मी शैलीमा निर्माण गरिएको छ । भिडियोको निर्देशन दिनेश विष्टले गर्नुभएको हो भने सलिनाराज भण्डारीको कोरियोग्राफी, दीपक देउवाको सम्पादन र मिन रावलको रङ संयोजन रहेको छ ।

गीतकार डा. अधिकारी नेपाली साहित्य, संस्कृति र गीत–सङ्गीतको क्षेत्रमा निरन्तर सक्रिय व्यक्तित्व हुनुहुन्छ । उहाँका थुप्रै साहित्यिक कृति तथा गीतहरू बजारमा आइसकेका छन् । उहाँका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’, ‘मदहोस’, ‘आमा’, ‘अब अत्ति भइसक्यो जागौँ’ लगायतका दर्जनभन्दा बढी गीत श्रोता र दर्शकमाझ लोकप्रिय छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *