नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

इन्भेष्टोपेपर । चैत्र २४, २०७६

नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त हुनुभएकाे छ । मन्त्रिपरिषदको आज साेमबार बसेकाे बैठकले अधिकारीलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको हो।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम सिफारिस गरेको थियो ।

महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंककाे पूर्व डेपुटी गभर्नरबाट सेवा निबृत हुनुभएकाे थियाे । उहाँलाई यसअघि डा. चिरंजिबी नेपाल गभर्नर हुने बेलामा पनि गभर्नरमा सिफारिस गरिएको थियो ।

हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत रहनु भएका अधिकारी तत्कालिन गभर्नर डा. युवराज खतिवडाको पालामा उहाँकाे निकट रहेर काम गरेका व्यक्ति मानिनुहुन्छ । गभर्नरमा नियुक्त हुनुभएका अधिकारीसंग राष्ट्र बैंकमा ३ दशक काम गरेको अनुभव छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *