महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

न्भेष्टाेपेपर । साउन २९, २०८०

काठमाण्डौ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।  

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले विरगंज, पर्सामा अवस्थित मंगलम डाईग्नोस्टिक सेन्टरको प्याथोलोजी टेस्ट सेवामा १०%, सिमरा बारामा अवस्थित होटल क्यिुक – २० र रिभर साईड प्रा लि का सेवाहरुमा अधिकतम १०%, हेटौडा मकवानपुरमा अवस्थितरिगल हेटौंडा रिसोर्ट प्रा लि का सेवाहरुमा अधिकतम १५%, धनगढी कैलालीमा अवस्थित निर्सग अस्पताल प्रा लि का सेवाहरुमा अधिकतम २०%, हेटौडा मकवानपुरमा अवस्थित विशुद्ध ममचा का सेवाहरुमा १०%, र भरतपुर चितवनमा अवस्थित कविलास रिसोर्ट एण्ड फनपार्कका सेवाहरुमा १०% को छुट प्राप्त गर्न सक्नेछन् । 

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *