कोशीमा पानीको बहाव ११ वर्ष यताकै उच्च, ५६ ढोका खोलियो

न्भेष्टाेपेपर । साउन २९, २०८०

वराहक्षेत्र(सुनसरी) ।  सप्तकोशी नदीमा ११ वर्षकै  पानीको बहाव उच्च मापन गरिएको छ । आज बिहान ४ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरेको कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजको ५६ वटै ढोका खोलिएको छ । 

सोमवार बिहान ६ बजेको मापन अनुसार ४ लाख ५२ हजार ७ सय १० क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरेको कन्ट्रोल रुमका कर्मचारी अमित यादवले बताउनु भयो । यादबका अनुसार ११ वर्षकै कोशीमा पानीको उच्च बहाव मापन गरिएको छ । अहिले व्यारेजमा आवतजावत बन्द गरिएको कान्टोल रुमका अमित यादवले बताउनु भयो ।

पहाडी क्षेत्रमा वर्षा भएसँगै कोशी नदीमा पानीको बहाव उच्च भएको छ । कोशीमा पानीको बहाव उच्च भए पनि कोसीले पूर्वी तटबन्धमा कुनै क्षति गरेको छैन । राजावा, प्रकाशपुर, मधुवनलगायत पूर्वी तटबन्धमा खतरा नरहेको बताइएको छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *