बहुमुल्य जडिबुटी यार्सागुम्बा के हाे ? जानाैँ, औषधीय महत्व

इन्भेष्टोपेपर । असार १६, २०७

यार्सागुम्बा नेपाल र तिब्बतको हिमाली भेगमा पाइने बहुमुल्य एक प्रकारको जडिबुटी हो । समुन्द्र सतहबाट ३ हजार मीटर देखी ६ हजार मीटर सम्मको उचाईमा पाइने एकप्रकारबो जडीबुटी नै यार्सागुम्बा हो ।

शेर्पा भाषामा यसलाई ‘यार्चा गुम्बु’ भनिन्छ । यार्सागुम्बा जसको अर्थ ‘यार्चा’ वनस्पति र ‘गुम्बु’ किरा भन्ने हुन्छ । वनस्पति र किरासँगै भएको बस्तु यार्सागुम्बु भन्छन् । तिब्बती भाषामा (Yart Swa Gun Bu) यार्सागुम्बाको अर्थ हुन्छ, ‘गर्मीको घाँस र चिसोमा कीरा’ अर्थात एक प्रकारले कीरा र घास भएर हिमाली हावापानीमा बसेको हुन्छ।

यार्सागुम्बाकाे वैज्ञानिक नाम  Cordyceps  वा  Cordyceps synesis  हो,  जसमा  Cord ले  Club र Ceps ले  Head को अर्थ दिन्छ ।  यसलाई क्याटरपिलर फङ्ग्स  (Caterpillar Fungus) पनि भनिन्छ ।

साथै, औधिमूलक च्याउ, फङ्गल वुटी, हिडने बुटी (Walking Herb) जस्ता नामले पनि यार्सागुम्बालाई चिनाउने गरिन्छ । वास्तवमा यार्सागुम्बा आधा किरा र आधा फङ्ग्स (Half Insect and Half Fungus) हो ।

यार्सागुम्बा महंगो तथा शक्किवर्द्धक जडिबुटी हो । यसले औषधिको समेत काम गर्छ । हिमाली भेगमा पाइने यो जडिबुटी महंगो भएकै कारण यो टिप्ने सिजनमा स्थानीयहरूको तछाडमछाड पनि हुने गरेको छ ।

सन् २००१ सम्म यार्सागुम्बा व्यापारिक प्रयोजनमा नआए पनि अहिले भने यसको मूल्य प्रतिकिलो ३२ लाखसम्ममा किनबेच हुने गरेको छ । जानाै, यार्सागुम्बाकाे महत्व :

१) यार्सागुम्बालाई यौनशक्तिबर्धक र सर्वगुण सम्पन्न जडिबुटीको रूपमा लिइन्छ । यसले अत्यन्तै शक्तिबर्द्धक र यौन क्षमता बढाउने काम गर्छ ।

२)  यो वनस्पती मानव जीवनको लाग सञ्जिवनी बुटी नै सावित भएकाे छ । रतिक्रियाको लागि यार्सागुम्बा अत्यन्त उपयोगी भएकोले यसलाई हिमालयन भियाग्रा पनि भन्ने गरिन्छ ।

३)  बिहान–बेलुका महसँग मिलाएर दुधसँग एक ओटा यार्सागुम्बा खानाले यसले हेपाटाइटिस बी भारइसलाई समेत नष्ट गरिदिन्छ ।

४) खोकी, दम, क्षयरोग, लगायतका रोगलागेमा पनि यसलाई औषधीको रुपमा प्रयोग गन्छि ।

५) यसले फोक्सो र मृगौलाको क्यान्सरलाई नियन्त्रणसम्म गर्ने काम गर्छ ।

६) त्यस्तै स्नायु सम्बन्धी रोग, मांशपेसीको दुखाई, श्वासप्रश्वास सम्बन्धी रोग निको पार्न समेत यसको प्रयोग हुने गर्छ ।

७) यार्सागुम्वाले याैनशक्ति बढाइ दिन्छ । बीर्यमा शुक्राणुको संख्या बढाउन र शुक्राणुलाई स्वस्थ्य राख्न अण्ड र डिम्बाशयको खराबी कमलपित्त जन्डिसमा पनि यसको प्रयोग हुने गरेको छ ।

८) गर्भवती महिलाका लागि यार्सागुम्बा बढी फाइदाजनक छ । यसको सेवनले पेटभित्रको बच्चालाई आवश्यक पोषण तत्व प्राप्त हुन्छ । यद्यपि, एक दिनमा नौ ग्रामभन्दा बढी यार्सागुम्बा खानु स्वास्थ्यका लागि राम्रो मानिँदैन ।

९)  शरीरका सम्पूर्ण अङ्गहरुलाई सबल र सक्षम बनाउँछ ।

१०)   शरीरलाई तन्दुरुस्त र युवापन बनाउँछ ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *