नवनियुक्त अर्थ मन्त्री पौडेल र नेपाल मर्चेण्ट बैंकर्स संघबीच भेटवार्ता
इन्भेष्टाेपेपर । पुष २१, २०७९
काठमाण्डाैँ । नेपाल मर्चेण्ट बैंकर संघका पदाधिकारीहरुले अर्थ मन्त्रालयमा नव नियुक्त अर्थ मन्त्री माननीय विष्णु पौडेलसंग भेटवार्ता गरी बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेकाछन् ।
भेटघाटका अवसरमा अर्थमन्त्री समक्ष मर्चेण्ट बैंकर संघले नेपालको अर्थतन्त्रको वर्तमान अवस्था तथा अर्थतन्त्रका सम्वन्धमा मर्चेण्ट बैंकरले खेल्न सक्ने भुमिकाका सम्बन्धमा बिस्तृत विवरण पेश गरेको छ । साथै, उहाँको कार्यकालमा नेपालको पूँजीबजारले कोशेढुंगा कायम गर्ने तथा अर्थतन्त्र सवल हुने विश्वास लिएको जानकारी गराएका छन् ।
सो, अवसरमा मर्चेण्ट बैंकरका हकहितका लागि अर्थ मन्त्रालयले सम्बन्धित नियमनकारी निकाय मार्फत खेल्नुपर्ने भुमिकाका सन्दर्भमा बुंदागत रुपमा प्रकाश पारि सो विवरण माननिय अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको छ ।
