आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

इन्भेष्टाेपेपर ।  साउन ६, २०७९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्नुभएकाे हाे । 

मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले कर्जामा भइरहेको केन्द्रीकरणलाई नियन्त्रण गर्ने जनाएका छन् । त्यस्तै, कोरोनाकालमा दिइएको पुनरकर्जाको सुविधालाई केन्द्रीय बैंकले हटाएको छ ।

नयाँ व्यवस्था अनुसार राष्ट्र बैंकले बैंक दर ८.५ प्रतिशत पुर्‍याएको छ । यसअघि यस्तो ब्याजदर ७ प्रतिशत थियो । यसले समग्र ब्याजदर बढाउन दबाब पुग्नेछ ।

यस्तै, शेयर कर्जाको अधिकतम सीमा १२ करोड बराबरको ऋण लिन पाउने व्यवस्था मौद्रिक नीतिले गरेको छ । ४/१२ को नीति एक बैंकबाट चार करोड र १२ करोडसम्म लिने पाइने व्यवस्था खारेज गर्दै अब १२ करोडसम्म कर्जा लिन पाइने व्यवस्था गरिएको हो । 

नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्ती प्रयोजनका लागि शेयर कारोबार रोक्ने विद्यमान व्यवस्थालाई खारेज गरिएकाे छ । यस अघि मर्जरमा जाने निर्णय हुने वित्तीकै शेयर कारोबार रोक्का हुँदा वर्षौ सम्म कारोबार बन्द हुने अवस्था थियो ।

मर्जर तथा प्राप्ती प्रयोजनका लागि शेयर कारोबार रोक्का राख्ने व्यवस्था नियामक निकाय नेपाल धितोपत्र बोर्डको नियमन बमोजिम हुने समेत मौद्रिक नीतिमा प्रष्ट पारिएको छ ।

पूर्णपाठः

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *