माैसम : अबको तीन दिन धेरै ठाउँमा पानी पर्ने

इन्भेष्टाेपेपर ।  साउन १५, २०७९

काठमाडौं ।  अबको तीन दिन धेरै ठाउँमा पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

आज, भोलि र पर्सि धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले बताउनुभयो । उहाँका अनुसार आज दिउँसो प्रदेश-१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान छ ।

यस्तै, राति प्रदेश-१ र मधेस प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

अन्य प्रदेशमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । अहिले मनसुनको न्यून चापीय रेखा नेपाल नजिक रहेकाले देशभरको मौसम बदली भइ पानी पर्न लागेको हो ।  वर्षाका कारण बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *