मुक्तकहरु
– हृदय लेकाली
तिमी यता म उता
हुनुपर्थ्यो
तिमी प्रकृति म छटा हुनुपर्थ्यो
सोचे जस्तो कहाँ हुन्छ र प्रिय !
तिमी लेखक म कथा हुनुपर्थ्यो ।
मान्छे रहरले हैन
कहरले बाँच्नु पर्दो रैछ
मन जले नि निस्फिक्री हाँस्नु पर्दो रैछ
यो जिन्दगी नाशवान वस्तु हो एक दिन
बुझ्दाबुझ्दै पनि सबै कुरा साँच्नु
पर्दो रैछ ।
आज हाँस्नेहरु भोलि
रुन नपरोस्
निरीह भई कसैको पाउ छुन नपरोस्
आफ्नो देशभन्दा ठूलो के छ दुनियाँमा
देशै गुमाई कसैको गुलामी हुन नपरोस् ।
यात्रामा खै किन हो तिमीसितै हिँड्न मन लाग्छ
विचार र तालमेल नमिल्दा भिड्न मन लाग्छ
भन्थे बूढापाकाहरु”यात्रा हिड्नेसित हिँड्नुपर्छ”
नत्र लक्ष्यमा पुग्दै नपुगी यात्रा बीचैबाट फिर्नुपर्छ
बोक्नुपर्छ पीरैपीर
मान्छे भएपछि
हिँड्नुपर्छ भीरैभीर मान्छे भएपछि
सुखभन्दा दु:खले खार्छभन्छन् मान्छे
सहनुपर्छ झीरैझीर मान्छे भए पछि ।
गमलाको फूलभन्दा
बगरको फूल महान
कृतिम हाँसोभन्दा पीडाको शूल महान
सत्य यथार्थ हुन्छ जति तीतो भए पनि
खहरेको भेलभन्दा झर्नाको मूल महान ।