राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिल्ला प्रशासन कार्यालय काभ्रेमा

इन्भेष्टाेपेपर ।  साउन १, २०७९

काठमाण्डाैँ । काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको ५१ औं एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्रको एक समारोहका बीच शुभारम्भ गरिएको छ । एक्सटेन्सन काउन्टरको समुद्घाटन जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले गर्नुभएको थियो ।

शाखा कार्यालय धुलिखेल मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिने छ ।

बैंकका उपकार्यकारी अधिकृत सरस्वती अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रम उप प्रबन्धक जितेन्द्रसिंह थापाले सञ्चालन गर्नुभएको थियो । सो अवसरमा काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, सुरक्षा निकायमा प्रमुखहरु लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *