नेपालबाट भारततर्फ सुनतस्करी गर्ने युवक पक्राउ

माघ १३, २०७६ | Investopaper

महोत्तरी – मटिहानी नगरपालिका ८ मा सशस्त्र प्रहरीले आइतबार राति २१ तोला सुनसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ का २३ वर्षीय दीपक महतो रहेको सशस्त्र प्रहरी बीओपी मटिहानीका प्रहरी निरीक्षक हिमाल थापाले बताउनु भयो ।

१६ लाख २४ हजार ६ सय ६ रुपैयाँ बराबरकाे स्रोत नखुलेको परिमाणको सुन बा १२ प ५०७६ नम्बरको कारमा राखि नेपालबाट भारत तस्करी गर्न लागिएको अवस्थामा युवक महतो पक्राउ परेका हुन् । 

सशस्त्र प्रहरी बीओपी मटिहानीबाट प्रहरी निरीक्षक हिमाल थापाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी टोलीले मटिहानी नगरपालिका ८ काे सडकबाट आइतबार राति जाँच गर्दा युवक महतो सुनसहित पक्राउ परेका हुन् । 

कारमा सुनसहित पक्राउ परेका युवक महतोलाई आवश्यक कारबाहीका लागि सुन र कारसहित सशस्त्र प्रहरीले जिल्लाको मुल भन्सार कार्यालय जलेश्वरमा बुझाएको जनाइएको छ ।

— रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *