पण्डित जसराजको दाहसंस्कार

इन्भेष्टोपेपर । भाद्र ०२, २०७७ 

न्यूजर्सी ।  शास्त्रीय संगीतका प्रखर व्यक्तित्व पण्डित जसराजको संयुक्तराज्य अमेरिकाको न्यूजर्सीस्थित हाइल्यान्ड पार्क फ्युनेरल होममा ठूलो जनसमूहको उपस्थितिबीच सोमबार दाहसंस्कार गरिएको छ ।

भारतीय शास्त्रीय गायक जसराजको न्यूजर्सीस्थित आफ्नै निवासमा मुटुमा समस्या आएर निधन भएको थियो । कोरोनाभाइरस नियन्त्रणका लागि भारतमा लकडाउन गरिएपछि उहाँ स्वदेश फर्कन पाउनु भएको थिएन । उहाँ विगत छ महिनादेखि न्यूजर्सीको निजी गृहमा रहँदै आउनु भएको थियो ।

भारतीय शास्त्रीय संगीतका प्रखर व्यक्तित्व जसराज विगत आठ दशकदेखि संगीत सिर्जना र गायनमा सक्रिय हुनुहुन्थ्यो । उहाँले भारतमा पद्म विभुषण, पद्म श्री सहित अनेक उच्च पदक प्राप्त गर्नु भएको छ ।

— रासस / एएनआई

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *