कफीकाे समर्थन मूल्य निर्धारण तथा १५ औं राष्ट्रिय कफी दिवस गुल्मीमा
Investopaper, मंसिर ०१, २०७६
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चालू आवका लागि कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मंसिर १ गतेबाट लागू हुने ६ प्रकारका कफीको मूल्य निर्धारण गरिएको छ ।
फ्रेस चेरी, ड्राइ चेरी तथा पार्चमेन्ट कफीकाे समर्थन मूल्यः
- क श्रेणीको फ्रेस चेरीको मूल्य प्रतिकिलो ८५ रूपैयाँ ।
- ख श्रेणीको फ्रेस चेरीको मूल्य प्रतिकिलो ७५ रूपैया ।
- क श्रेणीको ड्राइ चेरीको मूल्य प्रतिकिलो १४० रूपैयाँ।
- ख श्रेणीको ड्राइ चेरीको मूल्य ९० प्रतिकिलो रूपैयाँ ।
- क श्रेणीको पार्चमेन्टको मूल्य प्रतिकिलो ४२५ रूपैयाँ र
- ख श्रेणीको पार्चमेन्टको मूल्य प्रतिकिलो ३७५ तोकिएको छ ।
‘आर्थिक समृद्धिका लागि किसानको हात, गुणस्तरीय कफी रोपणमा हामी सबैको साथ’
बोर्डले यो वर्षको १५ औं राष्ट्रिय कफी दिवस कफीको उद्गम स्थल मानिएकाे गुल्मीमा गर्ने निर्णय गरेको छ । यस बर्षकाे कफी दिवशकाे लागि ‘आर्थिक समृद्धिका लागि किसानको हात, गुणस्तरीय कफी रोपणमा हामी सबैको साथ’ भन्ने नारा तय गरिएकाे छ । सन् १९९५ तिर आँपचौरका हिरा गिरीले बर्माबाट ल्याएको कफीको बीउ गुल्मीको आँपचौरमा रोपेर कफी खेतीकाे शुरूवात गरेकाे मानिन्छ ।
गुल्मीबाट शुरूवात गरिएकाे कफी खेती पाल्पा, स्याँग्जा, काभ्रे, ललितपुर लगायत देशका बिभिन्न जिल्लाहरूमा खेतीकाे बिस्तार भएकाे छ । बोर्डले गरेको सर्वेक्षणअनुसार नेपालभर ११ लाख ९८ हजार ५३५ हेक्टरमा कफी उत्पादन गर्न सकिने सम्भावना छ भने ६१ हजार २२८ हेक्टर कफीको अत्यधिक उत्पादनका क्षेत्र छन् ।