मंसिर ११ सम्म ३ लाख श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा सामेल गराउने लक्ष

Investopaper, मंसिर ०१, २०७६

सरकारले आउँदो सामाजिक सुरक्षा दिवसको अवसरमा कम्तीमा ३ लाख श्रमिकलाई सामाजिक सुरक्षा योजनामा सूचीरण गर्ने तयारी सुरु गरेको छ । मंसिर ११ उक्त दिवसमा यो संख्यामा सूचीकरण गर्ने तयारी गरिएको हो ।

सूचीकरण भएका र सूचीकरण हुने तयारीमा रहेको प्रतिष्ठानहरूमा कार्यरत श्रमिकलाई योजनामा ल्याएर ३ लाख श्रमिकलाई योजनामा सूचीकरण गर्ने भएको हो । हालसम्म ११ हजार सूचीकृत प्रतिष्ठानका १ लाख ९ हजारभन्दा बढी श्रमिक योजनामा समेल भइसकेका छन् । योजनामा सामेल भएका सबै रोजगारदातामा ५ लाखको हाराहारी श्रमिक कार्यरत रहेपनि हालसम्म १ लाखमात्र योजनामा सूचीकरण भएपछि सरकारले मंसिर ११ गतेसम्म सो संख्यालाई ३ लाख पुर्याउने योजना बनाएको हो ।

हालसम्म सूचीकरण भएका रोजगारदाता (प्रतिष्ठान) मा कार्यरत बाँकीश्रमिकलाई पनि सूचीकरण गराउन अनुरोध गदै कोषले विभिन्न पेशागत संघसंठनसँगको छलफललाई तिब्रता दिएको छ ।देशभर रहेका सवै प्रतिष्ठान (रोजगारदाता) लाई अनिवार्य रूपमा सामाजिक सुरक्षा योजनामा ल्याउने लक्ष्यअनुसार सरकारले कानुनी र अन्य समस्या रहेका क्षेत्रमा समेत छलफल गरेर २ हप्ताभित्र सबैलाई योजनामा सूचीकरण गर्ने भएको छ ।

शनिबार कोषले ह्युमन रिसोर्स सोसाइटी नेपालसँग छलफल गर्न आयोजना गरेको कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा योजनामा सूचीकरण हुन आईपर्ने कानुनी समस्यालाई जसरी पनि मिलाएर सबै श्रमिक र रोजगारदातालाई सामाजिक सुरक्षा योजनाको दायरामा ल्याउने बताए । उनले संसवधानले नै श्रमिकको सामाजिक सुरक्षाको प्रत्याभूति गरेका कारण योजनामा सामेत हुनुको विकल्प नै नरहेको बताए । उनले पहिलो चरणमा श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याएर क्रमस सबै नागरिकलाई यस्ता किसिमका योजनामा सामेल गराउने योजना रहेको बताए । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *