सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

न्भेष्टाेपेपर ।  भदाै  २२, २०८२

काठमाडौँ ।  अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

गत शुक्रबार प्रतितोला रु. दुई लाख १० हजारमा कारोबार भएको सुनको मोल आज रु. दुई हजारले बढेर रु. दुई लाख १२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा रु. १० ले बढेको छ । आज एक तोला चाँदी रु. दुई हजार ५०० मा किनबेच भइरहेको छ । 

गत बुधबार एक तोला सुन  रु. दुई लाख सात हजार ९०० र त्यति नै परिमाणको चाँदी रु. दुई हजार ४८० मा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *