सिडिएस एण्ड क्लियरिङको सिईओमा पूर्ण प्रसाद आचार्य नियुक्त
इन्भेष्टोपेपर । भाद्र ०९, २०७७
सिडिएस एण्ड क्लियरिङ (सिडिएससी)को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पूर्णप्रसाद आचार्यलाई नियुक्त हुनुभएकाे छ। सोमबार बसेको नेप्से संचालक समितिको बैठकले आचार्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। श्री आचार्य कृषि विकास बैंक लि.काे उपमहाप्रवन्धकबाट अवकास प्राप्त पूर्व कर्मचारी हुनुहुन्छ ।
नेपाल स्टक एक्सचेञ्जले आफ्नो सहायक कम्पनी सिडिएससीमा गत असार १६ गते सिइओको लागि आवेदन माग गरेको थियो । साेही अनुरूप सिइओको नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट गर्न नेप्सेका उपप्रबन्धक निरन्जन फुयाँलको संयोजकत्वमा पाँच सदस्यीय छनोट समिति गठन गरेको थियो।
आइतबार छनौट समितिले पूर्णप्रसाद आचार्य, कृष्ण गिरी र भीष्म चालिसेको नाम सिफारिस गरेको थियो। सोमबार बसेको नेप्सेको बैठकले आचार्यलाई नियुक्त गरेको हो।
पूर्व प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताको कार्यकाल सकिएपछि सिइओ चयन नहुन्जेलसम्मको लागि कायम मुकायम सिइओको काम कञ्चन सापकोटाले गर्दै आउनु भएकाे थियाे।
