निजि क्षेत्रकाे लगानीमा फेरि नयाँ स्टक एक्सचेन्ज ल्याउने घाेषणा

Investopaper, असार ३१, २०७६

नेपाल धितोपत्र बोर्डले निजी क्षेत्रको लगानीमा फेरि नयाँ स्टक एक्सचेन्ज ल्याउने घोषणा गरेको छ । हिजाे साेमवार आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा बोर्डले यस्तो खुलासा गरेको हो ।

दिनानुदिन सेयर बजारमा नयां नयां कम्पनीहरू र शेयर संख्या थपिइरहेकाे परिप्रेक्षमा सेयर बजारलाई थप व्यावहारिक र प्रतिस्पर्धी बनाउन अर्को एक्सचेन्ज कम्पनी आवश्यक देखिएको वाेर्डकाे दावी छ ।

वस्तु विनिमय बजारमा दुईवटा एक्सचेन्जलाई अनुमति दिने निर्णय भएको छ । त्यसैगरी स्टक एक्सचेन्ज पनि थप स्थापना गरेर सेयर काराेवारलाइ सरल र सुलभ बनाइ बजारलाइ थप चलायमान बनाउन वान्छनिय देखिएकाे भनाइ छ ।

देशकाे अर्थतन्त्रकाे अाकार र वृद्धीदर उत्साहजनक रहेकाे तथा प्राइभेट कम्पनीलाइ पब्लिकमा रूपान्तरण गर्ने नीतिले अर्काे स्टक एक्सचेन्जकाे अावश्यकता रहेकाे छ । नयाँ कम्पनी अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधियुक्त हुने भएकाले पुँजी बजारको आधुनिकीकरणमा महत्त्वपूर्ण टेवा पुग्ने वाेर्डकाे दाबी छ ।

यस अघि पनि पटकपटक निजि क्षेत्रकाे लगानीमा दाेश्राे स्टक एक्सचेन्ज खाेल्ने विषयमा व्यापक छलफल र प्रस्ताव समेत भएकाे थियाे । हालकाे कम्पनीलाइ (नेप्से) नीजिकरण गर्ने पिन छलफल नचलेकाे हैन । सवै प्रकृया र छलफल निरर्थक भएका थिए ।

यसपटककाे प्रस्ताव सफलिभूत भएमा थप प्रतिस्पर्धा बढने, लगानीकर्ताले छिटाेछरिताे सेवा पाउने तथा बजारले गति लिने अपेक्षा गर्न सकिन्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *