कृषि विकास बैंकमा ३८४ जनालाइ राेजगारीकाे अवसरः श्रावण २० भित्र अनलाइन फारम भर्न पाइने
Investopaper, असार ३१, २०७६
कृषि विकास बैंकले विभिन्न तहमा गरेर ३८४ जना कर्मचारी माग गरेको छ। बैंकले चाैथाे तह देखि बरिष्ठ शाखा प्रमुख सम्मका कर्मचारी माग गरेको हो।
बैंकले प्रशासन लेखामा काम गर्न २०९ जना चाैथाे तहका कर्मचारी माग गरिएको छ । जसमध्ये सुर्खेत केन्द्रका लागि ४२ जना, भैरहवाका लागि १०० जना र विराटनगरका लागि ५४ जना कर्मचारी माग गरेको छ। यसका लागि कुनै अनुभवकाे जरूरत छैन भने प्लस टु उत्तिर्ण भएको हुनु पर्नेछ।
बैंकले पाँचौ तहमा ओभरसियर ५ जना, एमआइएस सहायक १३ जना तथा ब्यवसाय सहायक १०७ जना गरी कुल १२५ जना कर्मचारीकाे माग गरिएको छ।
सातौं तह बरिष्ठ इन्जिनियर (आइटी) मा २० जना माग गरिएको छ भने चार्टर्ड एकाउन्टेन्ट २२ जना माग गरिएको छ। नौं तह वरिष्ठ शाखा प्रमुखमा ८ जना कर्मचारी माग गरिएको छ। बरिष्ठ शाखा प्रमुख पदकाे लागि भने अनुभवकाे अावश्यकता पर्नेछ । क बर्गकाे वैंकमा अधिकृत स्तरमा ७ वर्ष काम गर्नुका साथै प्रथम श्रेणिमा स्नातकाेत्तर उतिर्ण गरेकाे हुनु पर्नेछ ।
याेग्यता पुगेका नेपाली नागरिकले साउन २० गतेभित्र आवेदन दिइसक्नु पर्छ। बैंकको वेवसाइट https://recruitment.adbl.gov.np मा गएर अनलाइनबाटै फारम भर्न सकिन्छ।
बैंक द्वारा प्रकाशित सम्पूर्ण विज्ञापन हेर्नकाे लागि यहां क्लिक गर्नुहाेस ।
