सरकारी स्वामित्वकाे राष्ट्रिय बीमा संस्थानले कर्णाली प्रदेशमा बल्ल शाखा खाेल्याे
Investopaper, कार्तिक १५, २०७६
वीमा क्षेत्रकै अग्रणीकाे रूपमा रहेकाे सरकारी स्वामित्वकाे राष्ट्रिय बीमा संस्थानले कर्णाली प्रदेशमा पहिलो पटक नयाँ शाखा विस्तार गरेको छ ।
बीमा क्षेत्रका भैरहेकाे तिब्र प्रतिस्पर्धा र व्यापक बन्दै गरेकाे व्यबसायलाइ लक्षित गरेर संस्थानले कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा प्रदेशकै पहिलो शाखा विस्तार गरेको हो । सिंगाे प्रदेशमै अग्रणी र सरकारी सस्थानकाे उपस्थिति नहुनाले जनमानसमा सकारात्मक सन्देश नजाने तथा सेवा सुविधाबाट बन्चित हुनपर्ने भएकाले शाखा बिस्तार गरिएकाे जनाइएकाे छ ।
सुर्खेतमा खुल्ने नयाँ शाखा कार्यालयकाे औपचारिक उद्घाटन भने यही मंसिरमा हुने कार्यक्रम रहेकाे जनाइएकाे छ ।
