अनिवार्य स्थायी लेखा नम्बरका सम्बन्धमा सेबोनकाे स्पष्ठता
काठमाडौं, चैत ७ । शेयर खरिद बिक्रिमा वैशाख १ गतेदेखि लागुहुने स्थायी लेखा नम्बर (प्यान) का विषयमा व्दिविधा भएको भन्दै अाज विहिबार फेरि नेपाल धितोपत्र बोर्डले सूचना जारि गरेको छ ।
यस भन्दा अगाडी जारि सूचनामा एक पटकमा रू. ५ लाख वा से भन्दा बढीकाे दाेश्राे बजारमा शेयर खरिदबिक्रि गर्दा प्यान अनिवार्य गरिएकाे थियाे । साना लगानीकर्ताका हितलार्इ मध्यनजर गरी स्थायी लेखा नं. (प्यान) एेच्छिक हुने व्यवस्था गरिएकाे थियाे ।
उक्त सूचना अनुसार शेयर काराेवारमा एकैदिन एक पटकमा ५ लाखसम्म वा एकैदिन पटक पटक गरी ५ लाखसम्म भन्ने व्दिबिधा भएकाले बोर्डले पुन जानकारी गराएको छ ।
अाज जारी गरिएकाे सूचनामा दाेश्राे बजारमा धिताेपत्र खरिद/विक्रि गर्दा दिनभरीकाे काराेवार वा पटक पटकका कुल काराेवारका नभर्इ एक पटकमा रू. ५ लाख वा साे भन्दा बढीकाे काराेवार गरेमा मात्र स्थायी लेखा नं. अनिवार्य हुने व्यहाेरा जानकारी गरार्इएकाे छ ।

