तिनाउ र मिसन विकास बैंकको मर्जर पारित
Investopaper, जेष्ठ १९, २०७६
प्रदेश नं. ५ काे बुटवलमा केन्द्रीय कार्यालय रहेकोे तिनाउ विकास बैंक लिमिटेड र मिसन डेभलपमेन्ट वैंकको विशेष साधारणसभा शुक्रबार सम्पन्न भएकाे छ । दुवै वैंकहरूले एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत भएको प्रतिवेदन उपर छलफल गरी मर्जरकाे प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
दुवै वैंकहरूकाे सेयर आदान प्रदान अनुपात १ः१ हुने गरी विशेष साधारणसभाले प्रस्ताव पास गरेकाे छ । साथै मर्जरपश्चात् बन्ने तिनाउ मिसन विकास बैंकको अध्यक्षमा टिकाराम घिमिरे, प्रमुख कार्यकारी अधिकृतमा प्रदीपकुमार श्रेष्ठ र सहायक प्रमुख कार्यकारी अधिकृतमा हरिप्रसाद घिमिरे रहने भएका छन् ।
मर्जरपश्चात् बैंकको चुक्ता पुँजी १ अर्ब १४ करोड, निक्षेप १० अर्ब २२ करोड, कर्जा लगानी ८ अर्ब ९५ करोड रुपैयाँ र शाखा संख्या ३८ पुग्ने जनाइएको छ ।
