एसबीआई क्यापिटल मार्केट्स तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गबीच समझदारी पत्रमा हस्ताक्षर

न्भेष्टाेपेपर । वैशाख ४, २०८०

काठमाण्डाैँ । भारतीय स्टेट बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी एसबीआई क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडबीच एक समझदारी पत्रमा हस्ताक्षर भएकाे छ ।

उक्त समझदारी पत्रको प्रमुख लक्ष्य परियोजनामा लगानी, Syndication, Project Appraisal र नेपालमा अन्य वित्तीय परामर्श सेवाहरु लगायतका विविध सम्भावित अवसरहरुको लागि पारस्परिक रुपमा महत्वपूर्ण विषयमा तालमेल खोज्नु र देशमा विभिन्न परियोजनाको पहिचान, संचालन र कार्यान्वयन गर्नु आदि रहेको छ ।

नेपालमा विशेषगरी जलबिद्युत परियोजना लगायतका पूर्वाधार क्षेत्रमा तीव्र गतिमा कार्यहरु बढेको छ र जसमा परियोजना लगानी एवं अन्य वित्तीय परामर्श क्षेत्रहरुमा विशेषज्ञ परामर्श सेवाको आवश्यकता महसुस गरिएको छ ।

उक्त समझदारी पत्रमा एसबीआई क्यापिटल मार्केट्सका तर्फबाट कार्यकारी उपाध्यक्ष मुकुल मोदी तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देबराज अधिकारीले हस्ताक्षर गर्नुभयो ।

समझदारी पत्रमा हस्ताक्षर गर्न पाउँदा दुवै पक्षले गर्वित महसुस गर्नुका साथै यो साझेदारीले दुवै संस्थाको पारस्परिक लाभ र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरीएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *