६६ वर्षीय शशी गुरुङको स्वरमा गीत रेकर्डिङ, स्रष्टाहरूले गरे प्रशंसा

न्भेष्टाेपेपर । पुस २१, २०८०

काठमाडौँ । ६६ वर्षको उमेरमा पनि नयाँ नयाँ गीत रेकर्डिङ गरेर गीत सङ्गीत क्षेत्रमा सक्रिय रहनु भएका वरिष्ठ गायक शशी गुरुङको प्रयास प्रशंसनीय छ। काठमाडौँमा बिहीबार गायक गुरुङले गायकको गीतको म्युजिक भिडियो सार्वजनिक समारोहमा विभिन्न स्रष्टाहरूले गायक गुरुङको प्रशंसा गरेका छन् । 

वरिष्ठ गीतकार प्रकाश शायमीको रचना तथा प्रवीण बराइलीको सङ्गीत रहेको सो गीतको भिडियो निर्देशन विजयराज भुर्तेलले गर्नुभएको थियो। २०३४ सालमा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरी गायन यात्रा सुरु गरी प्रहरीमा  २२ वर्ष सेवा गरेपछि पुन गाउने कार्यलाई निरन्तरता दिन थाल्नुभएको हो।

समारोहका प्रमुख अतिथि वरिष्ठ गीतकार नगेन्द्र थापामा गायक गुरुङको स्वरमा राम्रो गीत रेकर्डिङ भएकोमा प्रशंसा गर्नुभयो। समारोहका सभापति अर्का वरिष्ठ गीतकार विश्व वल्लभले गायक गुरुङलाई सृजनालाई निरन्तरता दिन शुभकामना दिनुभयो।  कार्यक्रममा वरिष्ठ गीतकार श्री पुरुष ढकाल, रमेशनन्द वैद्य लगायतका वक्ताले गायक गुरुङलाई शुभकामना दिनुभएको थियो। 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *