ज्योति विकास बैंकका ग्राहकहरुलाई “जंगल भिल्ला रिसाेर्ट” मा विशेष छुट

न्भेष्टाेपेपर । असाेज १८, २०८१

काठमाण्डाैँ । ज्योति विकास बैंक लिमिटेडले कसरा, चितवनस्थित “जंगल भिल्ला रिसाेर्ट” मा बैंकका ग्राहकहरूलाई १५% सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा खाना, बेभरेज तथा रुम चार्जमा १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत यस विकास बैंकले प्रदान गरेका ४७ वटा बेबी वार्मर उपकरणहरु मार्फत  हरेक वर्ष करिब १७१५ भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *