कहिलेकाहीँ दिउँसो एक झप्काे सुत्दा आयु बढने अध्ययनकाे निष्कर्ष
इन्भेष्टोपेपर । पुष १७, २०७८
सातामा एक वा दुई चोटि दिउँसो छोटो समय सुते मानिसको आयु बढ्ने एउटा अध्ययनले देखाएको छ।
स्विट्जरल्यान्डस्थित यूनिभर्सिटी अफ लाउजेनका अनुसन्धाताहरूका अनुसार त्यसरी एक-दुई झप्को मार्ने मानिसलाई अरूको तुलनामा मस्तिष्काघात तथा मुटुको रोग हुने जोखिम आधा कम हुन्छ।
कक्षा काेठामा हाेस वा कुनै सभा सेमिनारमा हाेस वा अफिसमा काम गरिरहेकाे बेलामा हाेस कहिलेकाहीँ झपक्क निद्रा (उङ) लागेर आउँछ । देख्दा नराम्राे लागे पनि यसरी सुत्दा मानिसकाे आयु बढने वैज्ञानिकहरूकाे निष्कर्ष रहेकाे छ ।
यसरी छाेटाे समयकाे लागि झप्किँदा राती निद्रा परेकाे छैन भने त्यसकाे क्षतिपूर्ति पनि हुन्छ । तर याे समय २०/२५ मिनेटभन्दा बढी हुनुहुँदैन र हप्ताकाे २ चाेटीभन्दा धेरै पनि हानिकारक हुने विज्ञहरूकाे धारणा रहेकाे छ । यस अनुसन्धानले ६५ वर्षभन्दा माथि उमेर भएका व्यक्तिहरूकाे बारेमा भने केही बाेलेकाे छैन ।
— बीबीसीबाट
