करीब ५ लाख थान विद्युतीय कार फिर्ता ल्याउने तयारीमा टेस्ला

इन्भेष्टोपेपर । पुष १७, २०७८

सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकले प्रविधिमा गडवडि रहेको गुनासो आएपछि विद्युतीय कार(ईभी)हरु बजारबाट फिर्ता ल्याउने तयारी गरिरहेको छ । 

कम्पनी अमेरिकी बजारबाट ४ लाख ७५ हजार थान इभी फिर्ता ल्याउने तयारीमा रहेको छ। कम्पनीले २०१७–२०२० मोडल ३ टेस्लाको ३ लाख ५६ हजार ३०९ थान कार बजारबाट फिर्ता ल्याउने  तयारी गरेको छ । ती कारको रियर–भ्यू क्यामरामा गडबडिको आशंका गरिएको छ। कम्पनीले त्यस्तै समस्या आएपछि सन् २०१४ देखि २०२१ बीच बनेका मोडल एसका १ लाख १९ हजार ९ थान ईभी पनि फिर्ता ल्याउने तयारी गरेको छ । ईभीको फ्रन्ट ट्रंक अर्थात् अगाडिको हिस्सामा खराबीको आशंका गरिएको छ । 

समाचार एजेन्सी रोयटर्सले टेस्लाले अहिले जति कार फिर्ता मगाउन लागेको छ, त्यो आँकडा पछिल्लो वर्ष विक्री गरिएको ५ लाख कार बराबर हुन आउने आफ्नो वेबसाइटमा समाचार छापेको छ । हालै मात्र कम्पनीले बुझाएको सुरक्षा रिपोर्टको अनुमानमा फिर्ता मगाइएका मोडल ३ मा लगभग एक प्रतिशतमा रियर–भ्यू क्यामेरामा गडबडी हुन सक्छ। 

गत डिसेम्बर २१ मा नेसनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसनलाई बुझाइएको रिपोर्टअनुसार बारम्बार ट्रंक लिड खोल्नु रियर–भ्यू क्यामेरालाई प्रतिक्रिया दिने तारलाई खराब गर्न सक्छ। यसले क्यामेरामा प्रतिक्रियाहरु नआउने हुँदा दुर्घटनाको खतरा बढी हुन्छ। (एजेन्सीकाे सहयाेगमा)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *