सनराईज क्यापिटलले आव २०७८/७९ को मुनाफाबाट २५ प्रतिशत नगद लाभांश वितरण गर्ने

इन्भेष्टाेपेपर ।  असाैज १६, २०७९

काठमाण्डाैँ । सनराईज क्यापिटल लिमिटेडको संचालक समितिको असाैज ११ गते बसेको १२३ आैँ बैठकबाट कम्पनीको आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

उक्त लाभांश कम्पनीको आगामी बस्ने बाह्रौ बार्षिक साधारणसभा सम्पन्न भई पारित भए पश्चात वितरण हुने छ ।

कम्पनीले हाल शेयर निष्काशन, ज्ञड वटा कम्पनीको शेयर रजिष्टार कार्य, लगानी ब्यवस्थापन सेवा, शेयर प्रत्यभुति लगायत सनराईज सामुहिक लगानी कोष अन्तर्गत सनराईज फष्ट म्युचुअल फण्ड र सनराईज ब्लूचीप फण्ड गरी २ वटा बन्दमुखी योजना संचालन गरी आएको छ ।

कम्पनीले निकट भविष्यमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भए पश्चात थप १ बन्दमुखी सनराईज फोकस्ड इक्यूटी फण्ड संचालन गर्ने योजना रहेको जनाएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *