ओस्कर विजेता फिल्म ‘पारासाइट’का अभिनेताले गरे आत्महत्या

न्भेष्टाेपेपर । पुस १५, २०८०

एजेन्सी । ओस्कर पुरस्कार विजेता विश्व प्रसिद्ध कोरियाली चलचित्र प्यारासाइटका नायकको मृत्यु भएको छ।

४८ वर्षिय दक्षिण कोरियाली अभिनेता ली सुन-क्यु पार्किङ गरिएको उनकै कारको प्यासेन्जर सिटमा मृत भेटिएका थिए। उनले लेखेकाे सुसाइड नाेट फेला परेपछि आत्महत्या गरेकाे सावित भएकाे छ।

उनी वर्षको सुरुवातमा ड्रगको प्रयोगलाई लिएर प्रहरी अनुसन्धानमा थिए। उनले बारकी महिला कामदारसँगै ड्रग लिइरहेको भेटिएको आरोप थियो। उनी आफूलाई ड्रगबारे थाहा नभएको बताउँदै आएका थिए।

तर प्रहरीले उनको घरमा पटक-पटक छापा मारेको थियो। ड्रग टेस्ट भने नेगेटिभ आएको थियो तर यही झमेलाले आफ्नो ख्यातिमा हानी भएकोले मानसिक रुपमा विक्षिप्त रहेको बताइएको छ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *