मङ्गोलियामा रोपिए ११ करोड रूख

इन्भेष्टाेपेपर । फागुन ३०, २०८०

होहोट ।  विगत एक दशकमा उत्तरी चीनको ’भित्री मङ्गोलिया स्वायत्त क्षेत्र’मा स्थानीयद्वारा सञ्चालित स्वैच्छिक वृक्षारोपण अभियानअन्तर्गत करिब ११ करोड रूख रोपिएका छन् ।

योसँगै हालसम्म स्थानीय र बाह्य अभियानअन्तर्गत यहाँ ५० करोडभन्दा बढी रूख रोपिएको स्थानीय अधिकारीले बताएका छन् ।

यो क्षेत्र चीनको सबैभन्दा ठुलोका साथै सबैभन्दा व्यापक पारिस्थितिक कार्यात्मक क्षेत्र हो । देशको चार प्रमुख मरुभूमि, चार प्रमुख बालुवायुक्त क्षेत्र मानिने भित्री मङ्गोलिया लामो समयदेखि मरुभूमि र बलौटे जमिनले छोपेको थियो तर पछिल्ला वर्षमा यस क्षेत्रमा हरियाली प्रवर्धन गरिँदै छ । (रासस/सिन्ह्वा)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *