हङकङ युनिभर्सिटीमा स्थापित ‘द पीलर अफ सेम’ भनिने मूर्ति हटाइयो

इन्भेष्टोपेपर । पुष ८, २०७८

हङकङ । चीनको बेइजिङस्थित तिआनानमेन स्क्वायरमा भएको नरसंहारको सम्झनामा युनिभर्सिटी अफ हङकङमा स्थापना गरिएको एउटा प्रख्यात प्रतिमा हटाइएको छ।

आठ फिट अग्लो तामाको उक्त प्रतिमा हटाउनका लागि प्लास्टिकले उक्त क्षेत्र छोपेर रातभर कामदारहरू खटिएका थिए। ‘द पीलर अफ सेम’ भनिने उक्त मूर्तिमा सन् १९८९मा चिनियाँ अधिकारीहरूले हत्या गरेका प्रजातन्त्र पक्षधर समर्थकहरूको सम्झनामा लासको थुप्रो देखाइएको छ।

विश्वविद्यालयले गत अक्टोबर महिनामा उक्त मूर्ति हटाउन निर्देशन दिएको थियो। अधिकारीहरूले बुधवार त्यो मूर्ति हटाउने निर्णय गरेको युनिभर्सिटी अफ हङकङले जनाएको छ।

“विश्वविद्यालयको सर्वोत्तम हितको लागि पुरानो मूर्तिबारे निर्णय बाहिरी कानुनी सल्लाह र जोखिम मूल्याङ्कनमा आधारित थियो,” एक विज्ञप्तिमा भनिएको छ। “विश्वविद्यालय कमजोर मूर्तिबाट उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा समस्याहरूको बारेमा पनि निकै चिन्तित छ।”

विश्वविद्यालयले त्यो मूर्ति आफ्नो गोदाममा राख्ने जनाएको छ। डेनमार्कका मूर्तिकारले बनाएको सो प्रतिमा उक्त विश्वविद्यालयमा २४ वर्षदेखि राखिएको थियो।

— बीबीसीबाट साभार

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *