जापानी प्रधानमन्त्रीद्वारा कम्पनीहरुलाई ज्याला वृद्धि गर्न आह्वान

इन्भेष्टोपेपर । पुष ८, २०७८

टोकियो । जापानी प्रधानमन्त्री फुमियो किशिदाले बिहीवार आफ्नो सम्पत्ति वितरणको नीतिगत लक्ष्य अनुसार अर्को वर्षको शुरुमा वार्षिक श्रम- व्यवस्थापन वार्ता अघि ज्याला वृद्धि गर्न आह्वान गरेका छन् ।

मजददूरी बढाएर (सम्पत्ति) बाँडफाँड गर्नु भनेको भविष्यमा लगानी गर्नु हो, किशिदाले औपचारिक रूपमा जापान बिजनेस फेडरेशनको बैठकमा उक्त टिप्पणी गरेका हुन् ।    

अक्टोबरमा पदभार ग्रहण गरेका प्रधानमन्त्रीले आफ्नो नयाँ पूँजीवादमा बलियो मध्यम वर्ग निर्माण गर्ने वाचा गरेका थिए । त्यसका लागि उनले ज्याला वृद्धिको गतिलाई प्रमुख कामको रूपमा लिएका छन् ।     

 उनले प्रि- प्यान्डमिक स्तरमा फर्केका कम्पनीहरूलाई ४ प्रतिशतभन्दा बढी तलब वृद्धि गर्न आह्वान गर्दै आएका छन् । (रासस/ सिन्ह्वा)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *