जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

इन्भेष्टोपेपर । असार २२, २०७

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि. को आ.व. २०७६/२०७७ को तेस्रो वार्षिक साधारण सभा मिति २०७८ आषाढ २१ गते सोमबारका दिन सम्पन्न भएको छ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्धारा प्रस्तुत हुने कम्पनीको आ.व २०७६/०७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७६/०७७ को, २०७७ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह सम्वन्धी विवरण, आ.व. २०७७/०७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोकेको छ ।

सभाले सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने संचालकमा श्रीमती सरस्वती गौतम ज्ञवाली, र अमृत बन्जाडे निर्बिरोध निर्वाचित गरेको छ भने कोभिड–१९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने समेत जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *