समस्याग्रस्त देउराली सहकारीले सदस्यहरुकाे ८० प्रतिशत बचत फिर्ता गर्याे

न्भेष्टाेपेपर । वैशाख ३१, २०८०

काठमाण्डौ । देउराली बहुउदेश्यिय सहकारी संस्थाले आफ्ना बचतकर्ता तथा देशभरीका सहकारी संञ्चालक तथा व्यवसायीहरूलाई आत्मबल बढाउन अपिल गरेको छ । साथै देउरालीले समस्याग्रस्त भएर पनि हालसम्म बचतकर्ताको ८० प्रतिशत भन्दा बढी बचत रकम फिर्ता सफल भएको बताएको छ ।

ललितपुको सातदोबाटोमा केन्द्रीय कार्यालय र काठमाडौंको न्यूरोड, भक्तपुरको सुर्यबिनायक र ललितपुरकै चापागाँउमा सदस्य सेवा काउन्टर रहेको देउराली बहुउदेश्यिय सहकारी संस्था गत असारदेखि समस्यामा परेको थियो ।

उक्त सहकारीको सदस्यहरुबाट ६ अर्ब ५० करोड बचत राखेको थियो । समस्याग्रस्त भएर हालसम्म आइपुग्दा सदस्यहरुलाई फिर्ता दिनुपर्ने रकम जम्मा ५० करोड हाराहारी रहेको संस्थाका अध्यक्ष रविन्द्र चौलागाँईले बताए । देउरालीले व्यवहार मिलाउँदै जाँदा आफुलाई आत्मविश्वास बढेर गएको उनले बताए ।

उनले भने ‘सहकारिमा समस्या आएपछि आफना विभिन्न व्यवसाय नभनी सदस्यहरूको बचत फिर्तालाई प्राथमिकता दिएँ । धेरैजसो बचत फिर्ता गरिसकिएका छौ । बाँकीको पनि असारमसान्त भित्रै तिर्ने योजना छन्’ देउरालीले बचत फिर्ता गर्न बाँकी रकम जग्गा दिएर मिलाउने प्रक्रिया पनि चलिरहेको उनले बताए ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *