आज राष्ट्रिय आइसक्रिम दिवस मनाइँदै

न्भेष्टाेपेपर । फागुन २०, २०८०

काठमाडौँ । आइसक्रिम उद्योगी तथा व्यावसायिको छाता संगठन नेपाल आइसक्रिम उद्योग व्यवसाय संघको आयोजनामा यसवर्ष विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय आइसक्रिम दिवस मनाइने भएको छ ।

हरेक वर्ष फाल्गुन २० गते मनाइने राष्ट्रिय आइसक्रिम दिवस यसवर्ष आइसक्रिमको प्रचार प्रसार गर्ने र जनचेतनामूलक कार्यक्रमको आयोजना गरी देशव्यापी रुपमा मनाउन लागिएको नेपाल आइसक्रिम उद्योग व्यवसाय संघका सचिव प्रशान्त घिमिरेले जानकारी दिए । यस वर्ष ‘इट वेल–इट ह्याप्पी’ मूल नारासहित राष्ट्रिय आइसक्रिम दिवस मनाउन लागिएको घिमिरेले बताए ।

यसबाहेक संगठनमा आबद्ध देशैभर छरिएर रहेका १२० उद्योगलाई राष्ट्रिय आइसक्रिम दिवसका सन्दर्भमा विभिन्न जनचेतनामुलक कार्यहरु गर्ने, अनाथलयहरूका आइसक्रिम वितरण गर्ने कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

स्वदेशी आइसक्रिम जन्य उत्पादनको खपत अभिवृद्धि गरी देशलाई आइसक्रिम उत्पादनमा आत्मनिर्भर बनाइ राजस्व संकलन तथा आन्तरिक रोजगारीमा योगदन पुर्‍याउने उद्देश्यका साथ नेपाल आइसक्रिम उद्योग व्यवसाय संघले हरेक वर्षको फाल्गुन २० राष्ट्रिय आइसक्रिम दिवस मनाउने गर्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *