कृषिमा आधुनिकीकरण गर्नेगरी कृषि नीति बनाइरहेका छौँः मन्त्री ज्वाला

न्भेष्टाेपेपर । चैत्र २१, २०८०

काठमाण्डाैँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषिमा आधुनिकीकरण गर्नेगरी सरकारले कृषि नीति बनाइरहेको बताउनुभएको छ । 

बुधवार काठमाडौंमा आयोजित मकै सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा मकै धानपछिको दोस्रो धेरै उत्पादन हुने बालीको रुपमा रहेको बताउनु भयो । उहाँले मकैलाई प्रोत्साहन हुनेगरी र वास्तविक किसानहरुलाई पहिचान दिने, उत्साहित गराउने र सहानुभुति दिनेगरी कृषिमा आधुनिकीकरण गर्ने योजना सरकारको रहेको बताउनु भयो ।

उहाँले नेपालमा मकैको उत्पादन डरलाग्दो रुपमा घटिरहेको जिकिर गर्नुभयो । उहाँले सरकारले बनाइरहेको कृषि नीतिमा कृषि बालीहरुलाई प्रोत्साहन दिनेगरी कार्यक्रमहरु ल्याउने र मकैलाई बढावा दिनेगरी नीति निर्माण गरिरहेको बताउनु भयो । उहाँले नेपाललाई मकैमा आत्मनिर्भर बनाउने गरी कार्यक्रम अघि बढाइने बताउनु भयो ।

मन्त्री साहले मकै अहिले ९ लाख ८५ हजार हेक्टरमा मकै उत्पादन भइरहेको बतउनु भयो । वास्तविक किसानलाई पहिचान गरी १२ वर्षको लागि सहुलियत ऋण दिने व्यवस्था गर्न आवश्यक रहेको बताउनु भयो । मकैको उत्पादन वृद्धि गरी बजारीकरण गर्न आवश्यक रहेको बताउनु भयो । मन्त्री साहले कृषि उत्पादनको बजारीकरणका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।  (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *