नक्कली भुटानी शरणार्थी प्रकरणलाई टुंगोमा पुर्‍याउँछौं : गृहमन्त्री श्रेष्ठ

न्भेष्टाेपेपर । जेठ ४ २०८०

काठमाण्डाैँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निस्कर्षमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

बुधबार मन्त्रालयमा नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुले नक्कली शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा संकलन गरी सम्पती आर्जन गर्नेकुरा संगठित अपराध भएको बताउनुभयो । उहाँले यो अपराधमा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने बताउनुभयो ।

उहाँले भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिवद्ध रहेको र भ्रष्टाचार नियन्त्रण नभएसम्म समृद्धिको लक्ष्य हाँसिल हुन नसक्ने बताउनुभयो । उहाँले कुनैपनि भ्रष्टाचारका प्रकरणहरु निष्पक्ष भएर छानबिन गर्ने र कुनैपनि दवावमा वा कुनैपनि अवाञ्छित प्रभावबाट सरकार प्रभावित नहुने बताउनुभयो ।

नेकपा ९एकीकृत समाजवादी०को तर्फबाट पार्टी उपमहासचिव जगन्नाथ खतिवडासहितको टोली गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउन पुगेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *