के कारणले फुल्छ अल्पायुमै कपाल ?

इन्भेष्टाेपेपर ।  कार्तिक १४, २०७९

बुढेसकालमा कपाल सेतै फुल्नु, दाँत झर्नु, आँखाले कम देख्नु, कानले कम सुन्नु त प्रकृति प्रदत्त उपहार नै हाे तर बुढेसकालमा फुल्ने कपाल अल्पायुमै पनि फुलेको देखिन्छ । कपाल छिटाे फुल्ने कारण काेही आँनुवंशिक नै हुन्छ भने काेही हाम्राे लापर्वाही, चिन्ता, विभिन्न केमिकलयुक्त प्रशाधनकाे प्रयाेग तथा राेगकाे प्रकाेपले हुन सक्छ ।

मुख्यतया चार कारणले अल्पायुमै कपाल फुल्ने गर्दछः

पहिलो कारण वंशाणुगत हो अर्थात परिवारका सदस्यको कम उमेरमा नै कपाल फुल्दै आएको छ भने पनि अल्पायुमै कपाल फुल्ने गर्दछ ।

दोश्रो कारण भने बाल्यकालमा चाहिने पौष्टिक आहारको कमि हो । कपाललाई चाहिने पौष्टिक आहार पुगेन भने पनि उमेर भन्दा पहिले नै कपाल फुल्ने सम्भावना हुन्छ ।

तेस्रो कारणमा कपालमा प्रयोग गरिने केमिकल हो । केमिकलको कारण पनि उमेर भन्दा पहिले नै कपाल फुल्ने हुन्छ ।

चौथो कारण हो, कपालमा लाग्ने रोग अथवा शरीरमा लाग्ने रोग। कपाललाई चाहिने भिटामिनहरु पुगेन भने वा खाना पचेन भने पनि कपाल फुल्न सक्छ । यदि कपाल फुल्ने कारण वंशाणुगत हो भने यसलाई रोक्न सकिदैन।

पौष्टिक आहारको कारणले गर्दा हो भने बच्चालाई सन्तुलित भोजन गराउनु पर्छ । पौष्टिक आहारले मात्र हुँदैन, सन्तुलित भोजनको पनि त्यत्ति नै जरुरी हुन्छ । कुनैकुनै बच्चाले खाना खान रुचाउदैनन् जसको कारण आइरनको कमि हुन जान्छ। बच्चा मात्र होइन, युवाले पनि हरियो साग सब्जीहरु रुचाउँदैनन् । त्यस्तो समयमा आइरनको अभाव हुन जान्छ र कपाल फुल्ने हुन्छ।

तसर्थ सन्तुलित पौष्टिक आहारको व्यवस्था हुन सकेमा कम उमेरमा कपाल फुल्ने समस्याको रोकथाम गर्न सकिन्छ । त्यसैगरी केमिकल्सहरु अनावश्यक रुपमा कपालमा लगाउन रोकेमा पनि कपाललाई फुल्नबाट बचाउन सकिन्छ ।

याे पनि मन पराउनु हुन्छ कि ? पिसाब पोल्ने समस्याबाट पिडित हुनुहुन्छ भने अपनाउनुस यी घरेलु उपाय

जन्डीस, क्षयरोग अथवा अन्य दीर्घ रोगले गर्दा पनि शरीरमा भिटामिनको कमि हुन्छ र कपाल फुल्छ । त्यसैले कुनै पनि रोगको समयमै उपचार गर्न सकियो भने पनि अल्पायुमै कपाल फुल्ने समस्याबाट बच्न सकिन्छ । अहिलेसम्म कपाललाई फुल्नबाट रोक्ने ठोस उपचार एलोपेथिकमा छैन । तर पनि कपाल फुल्ने कारण पत्ता लगाई निवारण भने गर्न सकिन्छ ।

यसका लागि वायोटिन या भिटामिन ‘ई’ को प्रयोग अथवा क्याल्सीयम प्यान्थोनेट भन्ने पदार्थ (जुन ‘बी’ कम्प्लेक्समा पाइन्छ)को प्रयोग गर्न सकेमा केही न केही सुधार हुन्छ ।

सेतो दुबी भएको समयमा पनि कपाल फुल्ने सम्भावना धेरै हुन्छ । यदि सेतो दुबी टाउकोमा आयो वा शरीरमा आएको छ भने त्यस ठाँउमा भएका कपाल फुल्ने सम्भावना बढी हुन्छ ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *