एनएमबि बैंकको खुद नाफामा २५ % र जगेडा काेषमा ४२% बढाेत्तरी
Investopaper, श्रावण ३१, २०७६
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा एनएमबि बैंकको नाफा २४.६१ प्रतिशतले बढाेत्तरी भएकाे वित्तीय विवरण सार्वजनिक गरेकाे छ । बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा गरेको छ ।
यस अवधिमा जगेडा काेषमा राम्राे सुधार देखिएकाे छ । करीव ४२ प्रतिशतले आफ्नाे जगेडा काेषमा सुधार गर्दै ३ अरव ५३ कराेड ५६ लाख पुर्याएकाे छ । बैंकको वितरणयोग्य नाफा भने १ अर्ब २७ करोड ४७ लाख रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार आएकाले खुद नाफा सुधार भएको हो ।
व्यवसाय बिस्तारकाे क्रममा निक्षेप भन्दा कर्जा लगानीमा जाेड दिएकाे देखिन्छ । १६.५८ प्रतिशतले बृद्धी भै निक्षेप ९७ अरव ८९ कराेड २३ लाख पुगेकाे छ भने कर्जा लगानी तर्फ करिव २२ प्रतिशतले बृद्धी भै ८८ अरव ४८ कराेढ ८१ लाख रहेकाे छ ।
एनएमवि वैंकका प्रमुख वित्तीय सुचकांकहरू यस प्रकार रहेका छनः
- वैंकको चुक्ता पूंजी ९ अरव ६१ कराेड ८१ लाख रहेकाे छ । अघिल्लाे आ.व. भन्दा २६.५ प्रतिशतले बृद्धी भएकाे छ ।
- यस अवधिमा भाखा नाघेकाे कर्जा ०.८२ प्रतिशत छ,
- यस अवधिमा वैंकको प्रति सेयर आम्दानी (ईपिएस) २४ रूपैया ०९ पैसा,
- प्रति सेयर नेटवर्थ १८१ रूपैंया ४९ पैसा,
- आधार ब्याजदर ९.८६ प्रतिशत ,
- कोषको लागत ७.२६ प्रतिशत
- पूंजी काेष अनुपात १५.३२ प्रतिशत,
- सीसीडि ७६.८८ प्रतिशत र
- मूल्य आम्दानी अनुपात १५.८६ गुणा रहेकाे छ ।
