कृषि विकास बैंक द्वारा महिला वातावरण संरक्षण समितिलाई डस्टबिन हस्तान्तरण

मिति २०७६।०५।२१ गते कृषि विकास बैंककाे सामाजिक सामुदायिक कार्यक्रम अन्तर्गत ललितपुर–१ कुपण्डोल स्थित महिला वावावरण संरक्षण समिति र गणेश यूवा क्लबलाइ संयुक्त रूपमा १०० थान डस्टविन उपलव्ध गराइयाे ।

कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय काठमाडौबाट आयोजित कार्यक्रममा प्रमुख अतिथी तथा कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत श्री अनिल कुमार उपाध्यायले महिला वावावरण संरक्षण समिति र गणेश यूवाकल्ब ललितपुर–१ लाई संयूक्त रुपमा डस्टविन हस्तान्तरण गर्नु भएकाे हाे ।

कार्यकारी अधिकृत श्री अनिल कुमार उपाध्यायले आफ्नो नगर र टोल लाई सुरक्षीत तथा सफा हराभरा बनाउने दायित्व त्यहाँ बस्ने नागरीकको पनि हाे । हामीहरुले आफनो घर वरीपरी सरसफाई गर्ने बानी बसाल्यौ भने भोली टोल सफा हुन्छ । टोल सफा र सुरक्षीत हुँदा हामीहरुको सोचमा सकरात्मक परिवर्तन भै उत्कृष्ठ समाजको रुपमा हामी हाम्रो टोललाई चिनाउन सक्दछौ भन्नुभयो ।

यस्तै उहाँले नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन कृषि विकास बैंकले खेलेको भूमिका बारे चर्चा गर्नुभयो । उहांले ५२ बर्ष अगाडी कृषकहरुको आर्थिक सम्बृद्धीका लागि स्थापित कृषि विकास बैंकले हाल आधुनिक प्रविधी मार्फत नेपालको कुल जनसंख्याको २५ प्रतिशत जनताहरुलाई आधुनिक तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बताउनु भयो ।

नेपालमा सबैभन्दा बढि शाखा सञ्जाल भएको तथा बृहत पूँजि भएको यस बैंकले दुरदराज मा रहेका आम किसानहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको तथा उनिहरुको क्षमता बृद्धि का लागि बिभिन्न बित्तिय साक्षरता एबम् तालिमहरुका साथसाथै यस्तै प्रकृतिका सेवामुलक कार्यहरु पनि निरन्तररुपमा गर्दै आईरहेको समेत बताउनुभयो ।


Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *